‘बियरिस ट्रेन्ड’मा सेयर बजार

सेयर बजारमा हकप्रद, बोसन तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । २०७३ साउन १२ गते हालसम्मकै उच्च अङ्क १८८१ अङ्कमा पुगेको नेप्से त्यसयता घटेर १२२० मा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकले ‘बियरिस ट्रेन्ड’लाई समातेको छ । नेप्से घट्ने क्रममा एकपछि अर्को गर्दै न्यून बिन्दुतिर आकर्षित भइरहेको छ । पछिल्ला दिनहरुमा नेप्सेले हरेक दिन न्यून बिन्दु कायम गर्दै आएको हो ।

बुधबार २६ महिनायताकै न्यून बिन्दुमा गएको नेप्से बिहीबार पुनः दोहोरो अङ्कले घटेर झन तल झरेको छ । बुधबार १० अङ्कभन्दा धरैले घटेर १२२०.४४ अङ्कमा झरेको छ ।

सेयर बजारमा हकप्रद, बोसन तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । २०७३ साउन १२ गते हालसम्मकै उच्च अङ्क १८८१ अङ्कमा पुगेको नेप्से त्यसयता घटेर १२२० मा झरेको छ । विहीबार मध्याह्नमा त नेप्से १२०७ अङ्कसम्म झरेको थियो । बुधबार पनि नेप्से २४ अङ्कसम्म घटेको थियो ।

सरकारको सेयर बजार प्रतिको नीति स्पष्ट नभएको हुनाले नेप्सेले एकपछि अर्को न्यून बिन्दु बनाएको सेयर लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बताए । ‘सेयर बजारले सरकारको दृष्टिकोण केहो भन्ने पर्खाइमा छ,’ उनले भने, ‘सम्हाल्न नसकेने अवस्था पनि होइन सरको दृष्टिकोण स्पष्ट नभएको हुनाले बजार वियरीस टे«ण्डमा देखिएको हो ।’ सेयरको भाउ घटेको भनेर लगानी गर्ने लगानीकर्ता पनि बढेको उनले बताए । लगानीकर्ताको मनोबल कजोर हुनेबित्तिकै ठूलो असर गर्ने उनले बताए । बजार घटिरहने हो कि भन्ने मानोविज्ञान लगानीकर्ताको भएकाले एक पछि अर्को न्यून बिन्दु बनेको उनको बुझाइ छ ।

बजारमा प्यापनक हुने अवस्था करिब सकिएको बताउँदै कोहिनुर इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानभाटले बताए । बजारमा सुधार आउने अवस्था देखिएको खण्डमा खरिद गर्ने लगानीकर्ता बढ्ने अवस्था देखिएको उनले बताए । बिहीबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा केही सुधार आएको छ । नेप्सेमा बुधबार ३७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएकोमा बिहीबार ४४ करोड रुपैयाँबराबरको छ ।
नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ३.९६, विकास बैङ्क १०.७९, जलविद्युत् २५.२४, लघुवित्त १९.२५, बिमा १२०.७, वित्त समूह ०.८, अन्य ५.२७, होटल ५९.४५ र उत्पादन मूलक समूह भने ३३.०६ अङ्कले अङ्कले घटेका छन् ।

नेप्सेमा १५८ कम्पनीको ६ हजार १ सय ६६ कारोबारबाट ४४ करोड १६ लाख रुपैयाँ बरावरको १० लाख ८८ हजार १ सय ५७ कित्ता सेयर खरिदबिक्री भएको छ ।