कैलाश हेलिकप्टरले पायो एओसी, शनिवारदेखि व्यवसायिक उडान

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले शुक्रबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमती (एओसी) पाएको छ ।

एओसी पाएसँगै कम्पनीले शनिबारदेखि व्यावसायिक उडान गर्ने भएको छ । कम्पनीले २ साताअघि एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस ३५० बी ३ इ हेलिकप्टर खरिद गरी नेपाल ल्याएको थियो । यस हेलिकप्टरको २३ हजार फिटसम्म उडान गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै नै अर्को हेलिकप्टर थप गरेर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी रहेको छ ।

हाम्रो कम्पनीको सेवा सुरुवातसँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पु¥याउन सकिने अपेक्षा छ । विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन÷कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धारलगायतमा हेलिकप्टरले सेवा दिने कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।