चुनावले आयल निगमको घाटा उकालो चढ्यो

ग्यासमा प्रति सिलिन्डर २ सय ६७ रुपैयाँ र डिजेलमा प्रति लिटर ३ रुपैयाँ ९८ पैसा घाटा भइरहेको छ । ग्यास १३ सय २५ रुपैयाँ सिलिन्डर र डिजेल ७४ रुपैयाँ लिटरमा बिक्री भएको छ । अहिले घाटा व्यहोरिरहेको भए पनि निगमको मूल्य स्थिरीकरण कोषमा रहेको रकमबाट सो घाटा व्यवस्थापन गर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ग्यास र डिजेलको कारोबारमा घाटा छ भने पेट्रोल, मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ ।

अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन नगर्दा अहिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा व्यहोरिरहेको छ । निगमको प्रक्षेपण अनुसार इन्धन बिक्रीमा अहिले मासिक ५५ करोड रुपैयाँ घाटा रहेको छ ।

इन्डियन आयल कर्पोरेसन(आइओसी)ले वृद्धि गरेर पठाएको मूल्य अनुसार यहाँ मूल्य समायोजन गर्न नपाएपछि १५ दिन (पाक्षिक) २७ करोड ५० लाख घाटा रहेको निगमले जनाएको छ । आइओसीबाट हरेक १५–१५ दिनमा आउने मूल्य सुचीका आधारमा निगमले विश्लेषण गरेर नाफा–घाटा निकाल्छ ।

ग्यासमा प्रति सिलिन्डर २ सय ६७ रुपैयाँ र डिजेलमा प्रति लिटर ३ रुपैयाँ ९८ पैसा घाटा भइरहेको छ । ग्यास १३ सय २५ रुपैयाँ सिलिन्डर र डिजेल ७४ रुपैयाँ लिटरमा बिक्री भएको छ । अहिले घाटा व्यहोरिरहेको भए पनि निगमको मूल्य स्थिरीकरण कोषमा रहेको रकमबाट सो घाटा व्यवस्थापन गर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ग्यास र डिजेलको कारोबारमा घाटा छ भने पेट्रोल, मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ ।

आइओसीबाट आएको मूल्य अनुसार निगमले मूल्य वृद्धि गरेको भए पनि चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगम सञ्चालक समितिले तत्काल मूल्य फिर्ता गरेको थियो । चुनावको बेला मूल्यबृद्धिले जनतामा नकारात्मक सन्देश जाने भन्दै प्रधानमन्त्रीले मूल्य फिर्ता लिन लगाएका थिए । निगमलाई पेट्रोल लिटरमा १४ पैसा, मट्टीतेलमा १५, हवाई इन्धन आन्तरिकमा १२ र अन्तराष्ट्रियमा लिटरमा १८ रुपैयाँ ३१ पैसा रहेको छ । पेट्रोल लिटरको ९८ रुपैयाँ, मट्टीतेल ७४, हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ लिटर बिक्री हुन्छ । हवाई इन्धन अन्तराष्ट्रियतर्फ भने लिटरको ०.७५० डलरमा बिक्री हुन्छ ।

इन्धन भारतमा भन्दा नेपालमा भने सस्तो रहेको छ । भारतमा पेट्रोल लिटरमा ११८ रुपैयाँ ५९ पैसा, डिजेल ९९ रुपैयाँ ३४ मा बिक्री हुन्छ । निगमका अनुसार भारतमा भन्दा पेट्रोल प्रतिलिटर २२ रुपैयाँ ९ पैसा र डिजेल २६ रुपैयाँ ८४ पैसा सस्तो रहेको छ । नेपालमा पेट्रोल मासिक ३६ हजार पाँच सय केएल, डिजेल एक लाख १५ हजार केएल, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार र एलपिजी ग्यास ३० हजार केएल खपत भैरहेको निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए । इन्धनको खपत भने बढेको छ ।