सेयर बजार सम्हालिने क्रममा, घट्ने क्रममा लाग्यो ब्रेक

सोमबार करिब ५२ अङ्कले घटेको नेप्सेमा मङ्गलबार पनि ठूलो चाप परेको छ । मंगलबार सवा १ बजेसम्म ३४ अङ्कभन्दा बढीले घटेको नेप्से त्यसपछि भने सामान्य वृद्धि हुने लक्षण देखाएको छ । पौने २ बजे बजारमा ६ अङ्कको गिरावट कायम छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार मात्रै ४ कम्पनीको ४ अर्ब ७१ करोड ९२ लाख रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, माछापुच्छ«े बैङ्क, एभरेस्ट इन्स्योरेन्स र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चालू वर्ष दिएको बोनस सेयर सूचीककरण भएको छ । यी चारैवटा कम्पनीको सूचीकृत सेयर अर्काे साताबाट कारोबार हुनेछ ।

चालू वर्ष शतप्रतिशत बोनस सेयर दिएको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ४ अर्ब ५७ हजार रुपैयाँबराबरको ४ करोड ५७ हजार १ सय ५३ कित्ता सेयर सूचीकृत भएको छ । स्ट्यान्डर्ड चार्टर्डको सेयर सूचिकरणले उसको बजार मूल्यमा थप दबाब पर्ने देखिन्छ । अहिले उपलब्ध बराबरको सेयर बजारमा आएको आगामी दिनमा स्ट्यान्डर्ड चार्टर्डको मूल्यमा थप गिरावट आउने देखिन्छ । मङ्गलबार दिँउसो १ बकजेसम्म स्ट्यान्डर्ड चार्टर्डको मूल्य प्रतिकित्ता ७ सय ८५ रुपैयाँ कायम छ ।

नेप्सेका अनुसार माछापुच्छ«े बैङ्कको ६६ करोड ५१ लाख रुपैयाँबराबरको ६६ लाख ५१ हजार ४ सय ९० कित्ता, एभरेस्ट इन्स्योरेन्स कम्पनीको २ करोड २ लाख रुपैयाँबराबरको २ लाख २ हजार ५ सय कित्ता र एनएमबी माइक्रोफाइनान्सको २ करोड ८१ लाख रुपैयाँबराबरको २ लाख ८१ हजार ७ सय ५० कित्ता सेयर सूचीकृत भएको छ ।

सोमबार करिब ५२ अङ्कले घटेको नेप्सेमा मङ्गलबार पनि ठूलो चाप परेको छ । मंगलबार सवा १ बजेसम्म ३४ अङ्कभन्दा बढीले घटेको नेप्से त्यसपछि भने सामान्य वृद्धि हुने लक्षण देखाएको छ । पौने २ बजे बजारमा ६ अङ्कको गिरावट कायम छ । सोमबार बजार खुलेसँगै निरन्तर घट्न थालेको थियो । मङ्गलबारको कारोबारले बजार सम्हालिन खोजेको सङ्केत गरेको छ ।

सोमबार कारोबार सुरु भएको ४५ मिनेटभित्र ३ प्रतिशतभन्दा बढीले घटेपछि नेप्सेमा सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकपछि खुलेको बजार निरन्तर घट्दो क्रममा बन्द भएको थियो । मङ्गलबार कारोबारको सुरुमा बढ्ने सङ्केत गरेपनि त्यसपछि भने निरन्तर घट्न थालेको छ । लगानीकर्ताका सङ्घसंस्थाहरुले सरकारलाई बजार बढाउन भूमिका खेल्न निरन्तर दबाब दिएका छन् । तर, सरकारले त्यसलाई सुनेको नसुन्यै गर्दै छ । अझ सोमबार नेपाल इन्भेस्टर्स फोरमले पत्रकार सम्मेलन गरेरै बजार बढाउन १९ बुँदे माग प्रस्तुत गरेको छ । तर, त्यसले पनि बजारमा कुनै काम गरेको छैन ।