केही दिनदेखि लगातार ओरालो लागेको बजारमा सोमबार पहिलो ४५ मिनेटभित्र सर्किट ब्रेक नै लाग्ने गरी बजार झरेको थियो । तर, सो दिन करिब ५२ अङ्कले झरेकोमा मङ्गलबार सुरुमा करिब ३५ अङ्कले झरेको बजार पछि ४६ अङ्कसम्मले बढेर कारोबार बन्द हुँदा ३९ अङ्कले बढेको थियो । मङ्गलबार मात्रै घटेको बिन्दुबाट हेर्दा करिब ७३ अङ्कले बजार बढेको देखिन्छ । तर, बुधबार थोरै थोरै बिन्दुले तलमाथि गर्दै गएको छ ।
निरन्तर घट्दै गएको सेयर बजारमा मङ्गलबार एकाएक ब्रेक लागे पनि बजारले लिने ट्रेन्ड अन्योलपूर्ण देखिन्छ । बुधबार कारोबार सुरु भएसँगै सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घट्ने बढ्ने क्रममा देखिन्छ ।
मङ्गलबार १२०७.७१ अङ्कमा रहेको नेप्से कारोबारको पहिलो १० मिनेटभित्रै १२२२.३२ अङ्कमा चढेको थियो । त्यसपछि घट्न थालेको बजार कारोबारको आधा घण्टाभित्र ११८७.१६ बिन्दुसम्म झर्यो । तर, बजारले फेरि उचाइको यात्रा सुरु गरे पनि त्यो धेरै समय टिक्न सकेन र १२ बजेर २१ मिनेट जाँदा १२१६.५१ अङ्कसम्म चढ्यो ।
बजार त्यही रफ्तारमा अघि बढ्न सकेन र १२ बजेर ४० मिनेट जाँदा ११९६.८० बिन्दुसम्म झरेर स्थिर रहने सङ्केत देखाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको बजारमा सोमबार पहिलो ४५ मिनेटभित्र सर्किट ब्रेक नै लाग्ने गरी बजार झरेको थियो । तर, सो दिन करिब ५२ अङ्कले झरेकोमा मङ्गलबार सुरुमा करिब ३५ अङ्कले झरेको बजार पछि ४६ अङ्कसम्मले बढेर कारोबार बन्द हुँदा ३९ अङ्कले बढेको थियो ।
मङ्गलबार मात्रै घटेको बिन्दुबाट हेर्दा करिब ७३ अङ्कले बजार बढेको देखिन्छ । तर, बुधबार थोरै थोरै बिन्दुले तलमाथि गर्दै गएको छ । यसले बजारमा अप्रिय कुनै निर्णय आएन भने केही दिन बजार स्थिर बस्ने चरणमा छ ।
यद्यपि सोमबार राष्ट्रिय सभामा सांसदहरुले अर्थमन्त्रीसँग सेयर बजारका बारेमा जवाफ मागेको विषय र अर्थमन्त्री डा. युवराज खतिवडाले आजै श्वेतपत्र जारी गर्ने हल्लाले बजार प्रभावित भएको देखिन्छ ।
अर्थमन्त्रीले बजारका बारेमा अनावश्यक टिप्पणी गर्दा बजार घट्दै गएपछि लगानीकर्ता सङ्घसंस्थाका प्रतिनिधिले १९ बुँदे माग ७ दिनभित्र पूरा नगरे आन्दोलन गर्ने धम्की यसअघि नै दिइसकेका छन् । अब बजार कता जाने भन्ने निर्धारण श्वेतपत्र सावर्जनिक भएपछि हुने अपेक्षा गर्न सकिन्छ ।