बजार परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको छ । बुधबार नेप्सेमा ५१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
सेयर बजार परिसूचक मङ्गलबार सच्चिएको भए पनि बुधबार त्यसले निरन्तरता पाउन सकेन । बुधबार ३९ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने करिब ३ अङ्कले घटेको छ ।
बजार परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको छ । बुधबार नेप्सेमा ५१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
बुधबार नेप्से परिसूचक एउटै गतीमा भने रहेन । कारोबार सुरु हुँदा बढेको नेप्से केही समयपछि घटेको थियो । त्यसपछि पुनः सुधारको गति लिएको नेप्से कारोबार समय बित्दै जाँदा घट्न थालेको हो । कारोबार सुरु हुँदा १२०७.७१ अङ्कमा रहेको नेप्से २.९० अङ्कले घटेर १२०४.८१ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ ।
नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ तथा विकास बैङ्क परिसूचक बढेको भए पनि त्यसको प्रभाव बजार सूचकमा पर्न सकेन । बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये जलविद्युत् २१.१५, लघुवित्त २९.०९, बिमा ९१.४१, वित्त समूह ५.८२, होटल १८.९५ र व्यापार समूह मात्र ४.५६ अङ्कले घटेको छ । तर, बैङ्किङ २.९३, विकास बैङ्क १.१६, उत्पादनमूलक १४.७२ र अन्य समूह भने २.८७ अङ्कले बढेका छन् ।
नेप्सेमा १६२ कम्पनीको ७ हजार ४ सय ५३ कारोबारवाट ५१ करोड ४१ लाख रुपैयाँबराबरको १३ लाख ५२ हजार २ सय ९० कित्ता सेयर खरिदबिक्री भएको छ ।