बिहीबार कारोबार सुरु हुँदा बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२०४.८१ अङ्कमा रहेको नेप्से १५.४८ अङ्कले बढेर १२२०.२९ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।
सेयर बजार परिसूचक १५ अङ्कभन्दा धेरैको सुधार आएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ ।
साताको सुरुवातमा नेप्सेमा अस्वाभाविक उतारचढाव देखिएको नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको हो । नेप्से बढेको र कारोबार रकम घटेका कारण सेयर लगानीकर्ता बजारमा अकार्षित भएको भन्न तत्काल नमिल्ने अवस्था छ ।
बुधबार ५१ करोड रुपैयाँबराबरको सेयर करोबार भएको नेप्सेमा बिहीबार घटेर ३८ करोडमा सीमित भएको छ । तर, नेप्सेको कुल कजार पुँजीकरण भने बढेर १४ खर्ब १२ अर्बबाट बढेर १४ खर्ब ३० अर्ब पुगेको छ ।
बिहीबार कारोबार सुरु हुँदा बढेको नेप्से बन्द हँुदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२०४.८१ अङ्कमा रहेको नेप्से १५.४८ अङ्कले बढेर १२२०.२९ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।
नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये अधिकांश बढेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ १५.७२, विकास बैङ्क २०.४५, जलविद्युत् ४१.६, लघुवित्त १९.९९, बिमा ६६.३५, वित्त समूह ५.६७, होटल ८.०६ र उत्पादन मूलक समूह १०.२३ अङ्कले बढेका छन् । तर, अन्य समूह ०.०३ र ब्यापार ३.०४ अङ्कले घटेका छन् ।
नेप्सेमा १६४ कम्पनीको ५ हजार ४ सय ७ कारोबारबाट ३८ करोड ७१ लाख रुपैयाँबराबरको १४ लाख २७ हजार ९ सय ८१ कित्ता सेयर खरिदबिक्री भएको छ ।