रूसले कहिल्यै यस्तो हरकत गरेन, तर बितेका केही समयमा समुद्रमुनि रहेका डाटा केबलको नजिकै रूसी जहाजको गस्ती तथा उसको रूचिले अमेरिका र उसका सहयोगी देश चिन्तित भएका छन् ।
रूसी जहाजले समुद्रमुनि रहेको डाटा केबलको नजिकै पहरा दिइरहेको छ, यसले गर्दा अमेरिकासमेत उसका सहयोगी देशहरुको निद्रा परेको छैन । हुन सक्छ, रूसले आफ्ना विरोधीहरुमाथि प्रतिस्पर्धात्मक लाभ लिन खोजेको र त्यसैकारण उसले यो कदम उठाएको होला । के रूसले यी लाइनहरु काट्न चाहेको हो, वा यसको माध्यमले डाटा टेप गर्न चाहेको हो ? अथवा उसको यो कदम केवल अरु देशहरुलाई त्रास दिनु मात्र हो ?
अब यसको पछाडि रूसको मनसाय जेसुकै होस् तर, उसको यो कदमले अमेरिकासहित उसका सहयोगी देशहरुमा तनाव र चिन्ता बढेको छ । रूसले कहिल्यै यस्तो हरकत गरेन, तर बितेका केही समयमा समुद्रमुनि रहेका डाटा केबलको नजिकै रूसी जहाजको गस्ती तथा उसको रूचिले अमेरिका र उसका सहयोगी देश चिन्तित भएका छन् ।
ग्लोबल नेटवर्क काटियो भने के हुन्छ ?
वास्तवमा समुद्रमुनि रहेका चार सय फाइबर अप्टिकल केबलमा विश्वभरिका डाटा छन् । ईमेलदेखि लिएर सन्देश, यहाँसम्म कि फोन कल्सका डाटासमेत यी लाइनहरुमा छन् । अमेरिकी युरोपियन कमान्डका जनरल कर्टिस स्केपरोटीले यसै महिना भनेका थिए, ’हुन त समुद्रमुनि पहिलो रूसी सबमरिन देखिएको छ, तर यसभन्दा अघि रुसको यस्तो गतिवधि कहिल्यै देखिएको थिएन । विशेषगरी ८० को दशकदेखि अहिलेसम्म रूसको यस्तो व्यवहार त देखिएको थिएन ।
अमेरिका र उसका सहयोगीहरुमा रुसले समुद्रमुनि भएका लाइनहरु बन्द गरिदिन्छ कि भन्ने डर पलाएको छ । किनकि यदि यस्तो भयो भने, न अमेरिकी सैन्य नेता अफगानिस्तान तथा पश्चिमी एसियामा चरमपन्थीहरुसँग लड्ने सैनिकहरुसँग कुनै किसिमको संवाद गर्न सक्छन्, न त एसियाली मुलुकहरुमा कुनै बैङ्कले सऊदी अरबलाई तेलको भुक्तानका लागि पैसा पठाउन सक्छन् ।
रूसको लक्ष्य निश्चित
समुद्रमुनि ओछ्याइएका लाइनहरुमा धेरैजसो लाइन गुगल र माइक्रोसफ्टका छन् र यिनीहरुको लोकेसन ट्रेस गर्नु कुनै गाह्रो काम होइन । यीमध्ये यदि कुनै एक लाइन काट्ने हो भने त्यसको असर नाम मात्रको हुनेछ, तर धेरै नै लाइन काटिदिने हो अथवा तिनीहरुलाई बन्द गरिदिने हो भने यसको असर व्यापक हुनेछ, तथा धेरै डाटा चुहावट हुनेछन् ।
नाटो राष्ट्र तथा अमेरिकालाई रूसका जहाज तथा सबमरिनको अन्डरवाटर गतिविधिहरुबारे खासै चिन्ता छैन, बरु उनीहरुको चिन्ताको विषय हो,– समुद्रको गहिरो चियोचर्चो गर्ने रुसको मुख्य निर्देशनालय । यसका विशिष्ट जहाजहरुले सबमरिन, अन्डरवाटर ड्रोन तथा मिनी सबमरिन पानीमुनि केवल रक्षात्मक कार्य मात्रै गर्दैनन्, बरु चियोचर्चो पनि गर्छन् । एजेन्सी