सेयर बजारमा श्वेतपत्रको नकारात्मक प्रभाव, नेप्से परिसूचक २४ अङ्कले घट्यो

नेप्सेमा १५७ कम्पनीको ७ हजार ७४ कारोबारवाट ३१ करोड २३ लाख रुपैयाँबराबरको १२ लाख ८३ हजार १३ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा थोरै हो ।

अर्थमन्त्री यूवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गरेसँगै सेयर बजारमा सुधारको आशा सकिएको छ । श्वेतपत्रमा सेयर बजारको वास्तविक अवस्था उल्लेख गरेपछि लगानीकर्ताले नकारात्मक बुझेपछि सेयर बजार घट्ने क्रममै देखिएको हो ।

गत साताभर करिब ५१ अंकले घटेको नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो दिन आइतबार नै २४ अंकल घटेको छ । लगानीकर्ताले श्वेतपत्रमा सेयर बजारसँग सम्बन्धि सकारात्मक सम्बोधनको अपेक्षा गरेका थिए । तर, श्वेतपत्रले बजारको वास्तविक अवस्था चित्रण गर्ने भएकाले लगानीकर्ताको अपेक्षाअनुसारको सम्बोधन हुने सम्भावना भएन । बजारको अवस्था नै कमजोर भएपछि सकारात्मक सम्बोधनले बजार बढ्ने अपेक्षाले लगानीकर्तालाइ थप निरास बनाएको हो ।

शुक्रबारको श्वेतपत्रपछि आइतबार खुलेको सेयर बजार कारोबार सुरु भएदेखि निरन्तर घटेको छ । कारोबार सुरु हुँदादेखि बन्द हँुदासम्म निरन्तर घटिनै रह्यो । कारोबार कारोबार सुरु हुँदा १२२०.२९ अंकमा रहेको नेप्से २४.०५ अंकले घटेर १९९६.२४ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अंकले घटेको छ ।

नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये अधिकांश घटेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २२.०१, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, लघुवित्त २६.२४, बिमा १४८.७७, वित्त समूह ७.७१, होटल २७.२९, उत्पादन मूलक समूह १५ र अन्य समूह ५.६७ अंकले घटेका छन् ।

नेप्सेमा १५७ कम्पनीको ७ हजार ७४ कारोबारवाट ३१ करोड २३ लाख रुपैयाँबराबरको १२ लाख ८३ हजार १३ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा थोरै हो ।