विगत दुई वर्षदेखि भारतमा उपचाररत गुप्ताको आज निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।
नेपालको औद्योगिक घराना लक्की ग्रुपका उपाध्यक्ष रमेश गुप्ताको निधन भएको छ । विगत डेढ वर्षदेखि भारतकाे नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराउँदै अाएका गुप्ताकाे साेमबार निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
ट्रेडिङ व्यवसायबाट व्यावसायिक यात्रा सुरू गरेका गुप्ताले नेपालमा शिवम् सिमेन्टमा चिनियाँ लगाउन भित्र्याउन ठूलाे भूमिका खेलेका थिए । ट्रडिङबाट विस्तारै उद्याेगतर्फ अघि बढेका गुप्ता लामाे समयदेखि ट्यूमरबाट पीडित थिए । ‘भारत जादै उपचार गर्दै नेपाल अाउने गरेका गुप्तालार्इ दुर्इ हप्ताअघि पुनः राेगले च्यापेपछि उपचारका लागि दिल्ली गएका थिए,’ नेपाल उद्याेग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले भने, ‘नेपालले एक असल र कुशल उद्याेगी गुमाएकाे छ ।’