आइतबार २४ अङ्कले घटेको नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक सोमबार पनि ३ अङ्कभन्दा धेरैले घटेको छ । सोमबार नेप्से कारोबार सुरु हुँदादेखि बन्द हुदाँसम्म निरन्तर घटिनै रह्यो ।
सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ ।
आइतबार २४ अङ्कले घटेको नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक सोमबार पनि ३ अङ्कभन्दा धेरैले घटेको छ । सोमबार नेप्से कारोबार सुरु हुँदादेखि बन्द हुदाँसम्म निरन्तर घटिनै रह्यो । कारोबार कारोबार सुरु हुँदा १९९६.२४ अङ्कमा रहेको नेप्से ३.२८ अङ्कले घटेर १९९२.९६ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।
नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये अधिकांश घटेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ १.९६, विकास बैङ्क ३.६४, जलविद्युत् ६.२४, लघुवित्त ५.२६, बिमा २३.५८, होटल १६.५४, उत्पादनमूलक समूह ३३.४८ र अन्य समूह ०.६ अङ्कले घटेका छन् । तर, वित्त समूह ३.४७ अङ्कले बढेको छ ।
सोमबार नेप्सेमा १५६ कम्पनीको ३ हजार ७ सय ५१ कारोबारबाट २० करोड ५९ लाख रुपैयाँ बराबरको १० लाख ७० हजार एक सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा १५७ कम्पनीको ७ हजार ७४ कारोबारबाट ३१ करोड २३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार १३ कित्ता सेयर खरिद बिक्री भएको थियो ।