ट्रम्पको ट्विटले अमेजनले गुमायो ६० बिलियन डलर

अमेजनको मन्दीले अन्य धेरै टेक्नोलजी क्षेत्रका सेयरहरुमा पनि असर पार्यो । जसमध्ये टेस्ला, नेटफ्लिक्स तथा सिस्को सबैको सेयरमा कम्तीमा पनि ४ प्रतिशतको गिरावट आएको थियो ।

लगानीकर्तामा व्यापार युद्धको त्रास तथा सबैभन्दा ठूलो अनलाइन रिटेलरमध्येको एउटा कम्पनी डुब्ने डरले डाउजोन्स इन्डस्ट्रियल एभरेज (डीजेआईए) ६ सय अङ्कसम्म तल ओर्लियो ।

विश्वको दोस्रो सबैभन्दा ठूलो रिटेलर कम्पनी अमेजनमा भएको ठूलो पहिरोका कारण हिजो बजार बन्द हुँदा डाउजोन्स करीब ४ सय ५८ अङ्क (१.९ प्रतिशत) तल झर्यो ।

आफ्नो सेयरमा ६ प्रतिशतको गिरावटसँगै ५८.७ बिलियन डलरको मार्केट भ्यालुको क्षति बेहोर्दै अमेजनले बाजारमा गिरावटको नेतृत्व गर्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्विटहरुको एउटा शृङ्खलाले रिटेलरको बिक्रीमा ओइरो लाग्यो । राष्ट्रपति ट्रम्पले अमेजनलाई खुद्रा पसलेहरुलाई सस्तोमा सामान बेच्न दबाब दिएको आरोप लगाएका थिए ।

‘केवल मूर्ख, अथवा त्योभन्दा पनि खराब व्यक्तिहरुले भनिरहेका छन् कि घाटामा गएको हाम्रो हुलाकले अमेजनसँग पैसा कमाइरहेको छ’, राष्ट्रपतिले ट्विट गरे । ‘तिनीहरुले भाग्य गुमाउँछन्, र यो परिवर्तन हुनेछ । यसका अतिरिक्त, पूर्ण कर तिर्ने हाम्रा खुद्रा विक्रेताहरुले देशैभरिका आफ्ना पसल बन्द गरिरहेका छन्…, यो समान स्तरको खेल भएन !’

दुई दिनअघि राष्ट्रपतिले हुलाकलाई आफ्नो पार्सल दरबापत अमेजनसँग वार्षिक २.६ अर्ब डलर अतिरिक्त महसुल लिनुपर्ने भनेका थिए । ट्रम्पले ट्विट गर्दै भने, ‘मैले चुनावभन्दा धेरै पहिले नै अमेजनसँग आफ्नो चासोका बारे उल्लेख गरेको थिएँ । ‘अन्य (व्यवसायी)हरुको विपरीत उसले मुलुक र स्थानीय सरकारलाई अति न्यून अथवा कुनै कर नै तिर्दैन । उसले हाम्रो हुलाकको प्रयोग उसको सामान ओसार्ने र पुर्याउने डेलिभरी ब्वायका रुपमा गर्छ । र, कैयौं हजार खुद्रा बिक्रेताहरुलाई व्यवसायबाटै वञ्चित गरिरहेको छ ।’

अमेजनको मन्दीले अन्य धेरै टेक्नोलजी क्षेत्रका सेयरहरुमा पनि असर पार्यो । जसमध्ये टेस्ला, नेटफ्लिक्स तथा सिस्को सबैको सेयरमा कम्तीमा पनि ४ प्रतिशतको गिरावट आएको थियो । अमेरिकी सरकारको पार्सल सेवा (यूएसपीएस) लाई अमेजनले के कति भुगक्तान गर्छ भन्ने विवरण सार्वजनिक रूपमा थाहा नभए पनि वाल स्ट्रिटका केही विश्लेषकहरुको अनुमानमा एउटा प्याकेट वितरण गर्न युनाइटेड पार्सल सर्भिस इन्क वा फेडेक्स कर्पले जति शुल्क लिन्छन् त्यसको लगभग आधा मात्र तिर्छ ।

डीए डेभिडसन विश्लेषक टम फोर्टीले एउटा नोटमा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको टिप्पणी हामीले सिपिङ उद्योगसँग कुरा गरेअनुसार कै उद्योगको स्रोतअनुरूप छ । ती उद्योग जसले प्रायः यूएसपीएससँग मिलेर अमेजनको व्यापारलाई अतिप्रिय व्यवसायका रुपमा लेबल गर्छन् ।’
‘हुन त एउटा तर्क यो पनि गर्न सकिन्छ कि यूएसपीएसले अमेजनसँग आफ्नो सेवा विस्तार गर्नुअघि अर्बौं डलर गुमाइरहेको थियो, र यदि भोलि पनि यूएसपीएससँग आफ्नो व्यापार तोड्यो भने सायद अर्बौंको नोक्सान हुनेछ’, फोर्टीले भने ।

पर्याप्त कर नतिर्नाले हुलाक सेवालाई घाटा पुर्याएको र अन्य साना खुद्रा व्यापारीलाई उठीबास पारेको भन्दै ट्रम्पले गत बिहीबार अमेजनमाथि आरोप लगाएका थिए । एजेन्सी