बुधबार नेप्सेमा १ सय ६२ कम्पनीको ४ हजार ६ सय २३ कारोबारवाट ३३ करोड ६४ लाख रुपैयाँबराबरको ९ लाख २ हजार ७ सय ५० कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक पुन फर्केको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्से यो साताका पछिल्ला दिनहरुमा सुधारको गतिमा देखिएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार नेप्सेमा ३३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा निक्षेप बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । वित्तीय प्रणालीमा निक्षेप बढेपछि ब्याजदर घट्न सकून् भन्दै सेयर लगानीकर्ता केही सकारात्मक भएका हुन् ।
वित्तीय क्षेत्रमा निक्षेप बढ्नु साथै सेयर लगानीकर्ताले सेयर धितो कर्जा खुकुलो गर्नका लागि नेपाल राष्ट्र बैङ्कका गभर्नरलाई भेटेपछि सेयर बजार २७ अङ्कले बढेको हो । सेयर बजारको सन्दर्भमा गभर्नरले पनि सकारात्मक रूपमा लिएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
मङ्गलबार ६ अङ्कले बढेर २२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार नेप्से २७.४५ अङ्कले बढेको छ भने ३३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
नेप्से कारोबार सुरु हुँदादेखि बन्द हँुदासम्म निरन्तर बढि नै रह्यो । कारोबार कारोबार सुरु हुँदा ११९९.०६ अङ्कमा रहेको नेप्से २७.४५ अङ्कले बढेर बन्द हुँदा १२२६.४५ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।
नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये अधिकांश बढेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ १९.३१, विकास बैङ्क ३०.०३, जलविद्युत् ३६.३१, लघुवित्त ६३.०६, बिमा २०८.३४, होटल ४५.७७, उत्पादनमूलक समूह २४.४, वित्त ७.४४ र अन्य समूह १०.८१ अङ्कले बढेका छन् । तर, बुधबार व्यापार समूहको कारोबार भए पनि कुनै परिवर्तन आउन सकेन ।
बुधबार नेप्सेमा १ सय ६२ कम्पनीको ४ हजार ६ सय २३ कारोबारवाट ३३ करोड ६४ लाख रुपैयाँबराबरको ९ लाख २ हजार ७ सय ५० कित्ता सेयर खरिदबिक्री भएको छ ।