नेपाल र भारतका चेम्बर अफ कमर्सबीच भेटवार्ता

पीचडी चेम्बर अफ कमर्ससँंगको भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी प्रवद्र्धनको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणसँंगै गएको नेपाल चेम्बर अफ कमर्सको टोलीले त्यहाँका दुई छुटाछुटै व्यावसायिक पक्षसँंग भेटवार्ता गरेको छ । भारतस्थित पीएचडी चेम्बर अफ कमर्स र वाजमे टोलीसँंग छुट्टाछुट्टै भेटवार्ता गरेको हो ।

पीचडी चेम्बर अफ कमर्ससँंगको भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी प्रवद्र्धनको विषयमा छलफल भएको थियो । साथै वाजमेसँंगको भेटवार्तामा साना तथा मझौला उद्योगको विकासका लागि क्षेत्रीयस्तरमा संयुक्त रुपमा गर्न सकिने कार्यहरुबारे छलफल भएको थियो ।

भेटवार्तामा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, ईच्छाराज तामाङ, नरेश श्रेष्ठ, कार्यसमिति सदस्यहरु डा अन्जान शाक्य, भीमलाल पौड्याल, निरज राईलगायत सहभागी भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।