रोकियो सेयर बजारको सुधार

चैत १२ गते ११६८ अङ्कसम्म झरेको नेप्से त्यसयताको दुई सातामा तीव्र उतारचढाव आउँदै १ सय २६ अङ्कले बढेर आईतबार १२९४.६५ अङ्कसम्म पुगेको थियो । पछिल्लो ४ दिनमा मात्रै १ सय १ अङ्कको वृद्धि देखिएको थियो । सोमबार पनि नेप्से १३१६.०५ अङ्कसम्म चढेको थियो । निकै तीव्र उतारचढाव रहेको बजार अन्तिम समयमा भने घटेर कारोबार बन्द भएको छ ।

लगातार ४ दिनदेखि बढेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सोमबार रोकिएको छ । सोमबार नेप्से सूचक ६.८७ अङ्कले घटेर १२८७.७८ अङ्कमा सीमित भएको छ ।

चैत १२ गते ११६८ अङ्कसम्म झरेको नेप्से त्यसयताको दुई सातामा तीव्र उतारचढाव आउँदै १ सय २६ अङ्कले बढेर आईतबार १२९४.६५ अङ्कसम्म पुगेको थियो । पछिल्लो ४ दिनमा मात्रै १ सय १ अङ्कको वृद्धि देखिएको थियो । सोमबार पनि नेप्से १३१६.०५ अङ्कसम्म चढेको थियो । निकै तीव्र उतारचढाव रहेको बजार अन्तिम समयमा भने घटेर कारोबार बन्द भएको छ ।

भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्ध सुमधुर बनाएका कारण मारवाडी समुदायले सेयर बजारमा लगानी गर्ने हल्ला फिँजाएर बढाइएको सेयर बजार धेरै दिन टिक्न सकेन । सेयर बजारमा धितोपत्रको आपूर्ति बढ्नुका साथै वित्तीय क्षेत्रको ब्याजदरमा सुधार नआएसम्म बजारको दीर्घकालीन सुधारको सम्भावना छैन । तर, पछिल्लो समयमा बजार घटाउन र बढाउन विभिन्न समूह सक्रिय भएर बजारमा अनावश्यक हल्ला चलाउने अभ्यास गरिएको पाइन्छ । कहिले बैङ्कहरुले विदेशबाट ऋण ल्याएको तरलता सहज बनाएको त कहिले सरकारी खर्चमा तीव्र वृद्धि भएकाले बजारमा तरलता आएको कुरा आइरहेका छन् । विषय अहिले नै भइसकेजसरी प्रस्फुटित भइरहेका छन्, तर कार्यान्वयनमा धेरै समय लाग्ने हुन्छ ।

सोमबार नेप्से परिसूचक घटेको भएपनि कारोबार रकम भने बढेको छ । यो दिन १ सय ६९ कम्पनीको ११ हजार १ सय ३ करोबारबाट ९४ करोड ९६ लाख रुपैयाँ बराबरको २६ लाख २७ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबार ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेप्से सँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । बैङ्किङ ५.७३, विकास बैङ्क १८.६४, वित्त ०.६९, बिमा २९.९३, माइक्रोफाइनान्स ६.१७, होटल ३६.७४, जलविद्युत् २८.५८ र उत्पादनमूलक समूह २१.१५ अङ्कले घटेका छन् । तर, अन्य समूह भने २.९१ अङ्कले बढेको छ ।