यतिको ह्विल लक हुँदा पोखरा एयरपोर्ट बन्द

दिउँसो १ बजेर १० मिनेटदेखि सबै उडान रोकिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए । उनले अवतरण भएको जहाज पार्किङ एरियामा आउने क्रममा ह्विल लक भएपछि रनवेमै राखिएको बताए ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाजमा अवतरणका क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् ।

दिउँसो १ बजेर १० मिनेटदेखि सबै उडान रोकिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए । उनले अवतरण भएको जहाज पार्किङ एरियामा आउने क्रममा ह्विल लक भएपछि रनवेमै राखिएको बताए ।

रनवेमा रहेको जहाज निरीक्षणका लागि राजधानीबाट इन्जिनिएर पोखरा उडिसकेकाले केही समयभित्रै उडान सुरु हुने सूचना अधिकारी पौडेलले जानकारी दिए । उक्त विमानमा २८ यात्रु थिए ।