दुई घण्टापछि खुल्यो पोखरा एयरपोर्ट

दिउँसो १ बजेर १० मिनेटदेखि अवरुद्ध एयरपोर्ट ३ बजेर २५ मिनेटपछि सञ्चालनमा आएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए ।

यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि अवरुद्ध भएको पोखरा एयरपोर्ट २ घण्टा १५ मिनेटपछि खुलेको छ । काठमाडाैबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएको थियो ।

दिउँसो १ बजेर १० मिनेटदेखि अवरुद्ध एयरपोर्ट ३ बजेर २५ मिनेटपछि सञ्चालनमा आएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए । रनवेमा रहेको जहाज निरीक्षणका लागि राजधानीबाट इन्जिनिएर पोखरा पुगेपछि एयरपोर्ट सञ्चालनमा आएको हो ।