जब जुकरबर्गलार्इ सोधियाे- रात कहाँ बिताउनुभयो ?

खासमा, डरबिन यो जान्न चाहन्थे कि मार्क जुकरबर्ग गए राती कहाँ सुतेका थिए ।

अमेरिकी कङ्ग्रेसमा सांसदहरुले मार्क जुकरबर्गसँग सैयौं प्रश्न तेस्र्याए, तर अरु कुनै पनि प्रश्नले उनलाई त्यति असहज बनाएन जति सेनेटर डिक डरबिनको प्रश्नले बनायो । खासमा, डरबिन यो जान्न चाहन्थे कि मार्क जुकरबर्ग गए राति कहाँ सुतेका थिए ।

डरबिनले आनलाइन डिजिटल सुरक्षामाथि भइरहेको सुनुवाइका बेला जुकरबर्गसँग सोधे, ’के हामीसँग यो जानकारी साझा गर्न तपाईंलाई सहज लाग्छ कि गएको रात तपाईं कहाँ हुनुहुन्थ्यो ?’ यो सुनेर जुकरबर्ग लगभग ८ सेकेन्डजति चुप बसे, उनको अनुहारमा बेचैनी देखियो र आखिरमा उनी आत्तिएर अकमकाउन लागे । उनले उत्तर दिए, ‘उम्म, उह्ह, अँह ।’

डेमोक्र्याट सांसद डरबिनले अगाडि सोधे, ‘र तपाईंले यो हप्ता कसैलाई कुनै सन्देश पठाउनुभएको छ भने के हामीसँग ती व्यक्तिको नाम साझा गर्न सक्नुहुन्छ, जसलाई सन्देश पठाउनुभएको हो ?’ जुकरबर्गले उत्तर दिन फेरि पनि अनिच्छा जताए ।

त्यसपछि डरबिनले भने, ‘मलाई लाग्छ यो सबै यसैका बारेमा हो । तपाईंको निजताको अधिकार, तपाईंको निजताको अधिकारको सीमा तथा आधुनिक अमेरिकालाई विश्वसँग जोड्ने नाममा तपाईंले के दिइरहनुभएको छ ।’ जुकरबर्गले डाटा लिकको जिम्मेवारी लिँदै माफी मागे । जुकरबर्गले सेनेटर डरबिनका प्रश्नलाई सही ठहर्याउँदै भने, ‘मलाई लाग्छ सबैसँग यो नियन्त्रण हुनुपर्छ कि उसको जानकारी कसरी प्रयोग हुनुपर्छ ।’ एएफपी