अग्ला गगनचुम्बी भवन निर्माणमा विश्व दौड

आज विश्वका कैयौं क्षेत्रमा, सर्वोपरि विश्वास प्रणाली पुँजीवादमा छ तथा आर्थिक रुपले अग्ला व्यावसायिक गगनचुम्बी भवनहरुको तुलनामा आर्थिक शक्तिको अरु कुनै बढी प्रभावशाली द्योतक छैन ।

अहिलेको परिदृश्य रचनाकारका रुपमा अल्बर्टो लुकास लोपेज भन्छन्, ‘विश्वका सबैभन्दा अग्ला भवनहरु वायुमापन यन्त्रझैं देखिन्छन् ।’

यसलाई अर्कै किसिमले राख्ने ? हाम्रा सबैभन्दा ठूला वास्तुशिल्पी उपलब्धिहरु समाजका मूल्य देखिने प्रतीक हुन् । र ती मूल्यहरुलाई समयसँगै परिवर्तन गरिएको छ । आज विश्वका कैयौं क्षेत्रमा, सर्वोपरि विश्वास प्रणाली पुँजीवादमा छ तथा आर्थिक रुपले अग्ला व्यावसायिक गगनचुम्बी भवनहरुको तुलनामा आर्थिक शक्तिको अरु कुनै बढी प्रभावशाली द्योतक छैन ।

गगनचुम्बी भवनहरुप्रति नयाँ पुस्ताको झुकावको परिमाण हेर्दा आजको परिदृश्य एउटा प्रभावशाली तरिका हो । यो जेद्दाह टावरको शीर्षक हो– अहिले सउदी अरबमा निर्माणाधीन गगनचुम्बी भवन, जुन २०१९ मा बनिसकेपछि अहिलेसम्म निर्माण भएका एक किलोमिटर अग्ला भवनको कीर्तिमानी तोडिनेछ ।

बढ्दै छन् सहर
सामान्यतया केवल धेरै ठूला सहरमा मात्र अग्ला गगनचुम्बी भवन निर्माण र समर्थन गर्ने संसाधन छन् ।

विश्वभरि सहरीकरणको अचानक वृद्धि तथा विकासशील अर्थव्यवस्थाहरुले हाई प्रोफाइल तरिकाले आफूलाई दृढतापूर्वक उभ्याएकाले विश्वभरि नै ठूलठूला गगनचुम्बी भवन विस्तारका लागि मञ्च तयार भएको हो ।

आज, विश्वका सयमध्ये २० ओटा अग्ला भवन चीनको यही सहरी मेगारिजनमा ठडिएका छन् । चित्रः भिजुअल क्यापिटलिस्ट

विगत दुई वर्षमा तीन सय मिटरभन्दा अग्ला ३९ ओटा गगनचुम्बी भवन निर्माण भइसकेका छन् । तीमध्ये पाँचओटा भवनले एम्पायर स्टेट बिल्डिङको उचाइलाई मात दिएका छन् ।

सन् २००० देखि विश्वमा गगनचुम्बी भवनहरुको निर्माणमा ४ सय २ प्रतिशतले वृद्धि भएको छ ।

उच्च वृद्धि भएका हट स्पट

चीन

चिनका लगभग प्रत्येक ठूला सहरमा गगनचुम्बी भवनहरु निर्माणाधीन छन् । र, तिनको सङ्ख्या सुन्दा आश्चर्य लाग्छ । सन् २०१२ पछि चीनले तीन सय मिटर (हजार फुट) अग्ला ३८ ओटा नयाँ गगनचुम्बी भवन थपेको छ । त्यसमध्ये २०१८ सम्म १६ ओटा बनिसक्नेछन् ।

विशेषगरी हङकङ, सेन्जेन र ग्वाङ्जाओका पानीजहाज राखिने पर्ल रिभर डेल्टा मेगारिजनमा आश्चर्यजनक व्यावसायिक निर्माणले तीव्रता पाएको छ । आज, विश्वका सयमध्ये २० ओटा अग्ला भवन चीनको यही सहरी मेगारिजनमा ठडिएका छन् ।

चीनका शीर्ष १० अग्ला भवन

सबै गरेर विश्वका सबैभन्दा अग्ला भवनमध्ये ४६ ओटा चीनमा छन् । आगामी वर्षहरुमा यो सङ्ख्यामा बढ्ने निश्चित छ ।

संयुक्त अरब इमिरेट्स

संयुक्त अरब इमिरेट्समा दशकौंदेखि निर्माणको क्रमले तीव्रता पाएको छ । उसको अधिकांश विकास ऊध्र्वमुखी छ । दुबईमा करिब हजारओटा अग्ला भवन छन् । अहिले १३ ओटा निर्माणाधीन परियोजना छन्, जसले तीन सय मिटरको उचाइ छुनेछन् ।

संयुक्त अरब इमिरेट्सका शीर्ष १० अग्ला भवन

रूस

कैयौं युरोपियन सहरका क्षितिजहरु स्पष्ट रूपले न्यून वृद्धि भइरहँदा त्यस नियमको अपवाद मस्कोको अन्तर्राष्ट्रिय व्यापार केन्द्रमा छ, जहाँ २०१२ यता तीन सय मिटर अग्ला चारोटा भवन बनिसकेका छन् ।

रूसका शीर्ष १० अग्ला भवन

अमेरिकाको स्थिति के छ त ?

बीसौं शताब्दीको सुरुमा, अमेरिका गगनचुम्बी भवनहरुको निर्विवाद विश्वविजेता थियो । तर अहिले यो नाटकीय ढङ्गले बन्द भएको छ । वास्तवमा, विगत २० वर्षमा केवल छओटा मात्र तीन सय मिटर अग्ला व्यावासायिक टावर निर्माण गरिएको छ ।
अपवाद एउटा यस्तो सहर हुन सक्छ, जसले यसलाई सुरू गरेको थियोः न्युयोर्क । हाल न्युयोर्कमा ३० ओटा गगनचुम्बी भवनहरु निर्माणाधीन छन् ।

अमेरिकी शीर्ष १० अग्ला भवन (निर्माणाधीन)

फिलाडेल्फिया र सान फ्रान्सिस्कोका क्षितिजहरुमा छिट्टै नयाँ भवन थपिनेछन् । किनकि कोमकास्ट र सेलफोर्सले आफ्ना प्रमुख निर्माण परियोजनाहरु पूरा गरेका छन् । यदि अहिलेको निर्माण सङ्ख्या कुनै सङ्केत हो भने गगनचुम्बी भवनसँग अमेरिकी मोह मुलुकका सहरी भेगमा फेरि देख्न सकिने छ ।

निक राउट्ले
यो लेख भिजुअल क्यापिटलिस्टको सहयोगमा तयार पारिएको हो ।