२०७३ सालभर आन्तरिक र बाह्य देशमा सबैभन्दा बढी टिकट बेच्ने ट्राभल एजेन्सीहरुलाई सोल्टी होटलमा एक कार्यक्रमबीच पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले सयुक्त रुपमा अवार्ड वितरण गरेका हुन् ।
नेपाल वायुसेवा निगमले विभिन्न विद्यामा ट्राभल एजेन्सीहरुलाई अवार्ड वितरण गरेको छ । नेपाल वायुसेवा निगमले हरेक वर्ष वितरण गर्ने सो अवार्ड नेपालका १० ओटा ट्राभल एजेन्सीलाई दिइएको हो ।
नेपालतर्फ ओशो वल्र्ड ट्राभल नेपाल, हार्भेस्ट मुन ट्राभल, मेगावाइट ट्राभल एन्ड टुर्स, भास्ट इन्टरनेसनल ट्राभल एन्ड टुर्स, गण्डकी टुर्स एन्ड ट्राभल, युनियन इन्टरनेसनल टुर्स एन्ड ट्राभल र लक्की ट्राभल एन्ड टुर, सि लिंक्स हाेलिडेज, बुन टुर एन्ड ट्राभल्स छन् ।
अन्तर्राष्ट्रियतर्फ थाइल्याडको जीएम टुर एन्ड ट्राभल, ग्लोबल युनियन ट्राभल, ललितमण्डप ट्राभल, मेट्रो सिपिङ एजेन्सी छन् । यस्तै हङकङका सनराइज ट्राभल, हिमालयन टुर एन्ड ट्राभल र नमस्ते टुर एन्ड ट्राभल छन् ।
मलेसियाको क्वालालम्पुरको अक्रोश ट्राभल, एभिएसन ट्राभल, सलिन्डा ट्राभल एन्ड टुर र इजी ट्राभल छन् ।