एयरवेजले ’एयरलाइनः मिडल ईस्ट’ तथा ’इकोनोमी क्लासः मिडल ईस्ट’ यसअघि नै पाएको छ ।
कतार एयरवेजलाई बहुप्रतिष्ठित ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८ का ’वल्र्ड बेस्ट बिजनेस क्लास’, ’बेस्ट बिजनेस क्लासः मिडल ईस्ट’ तथा ’वल्र्ड टप टेन एयरलाइन’ को विधामा नामाङ्कन गरिएको छ । एयरवेजले ’एयरलाइनः मिडल ईस्ट’ तथा ’इकोनोमी क्लासः मिडल ईस्ट’ यसअघि नै पाएको छ ।
कतार एयरवेज समूहका मुख्य कार्यकारी, अकबर अल बेकरले भने, ‘हामी आफ्नो विश्वस्तरीय आतिथ्य तथा गुणस्तरस्य सेवाका लागि प्रतिष्ठित ट्रिप एडभाइजर ट्राभेल कम्युनिटीद्वारा कदर गरिएकामा प्रसन्न छौं । हाम्रा यात्रीहरुको सन्तुष्ट यात्रा–अनुभव हामीसँग एउटा महत्त्वपूर्ण धरोहरका रुपमा रहनेछ ।’
बेकरले अगाडि भने, ‘पर्यटनक्षेत्रमा ट्रिप एडभाइजरको नाम विश्वका सर्वश्रेष्ठमध्ये पर्छ । हामीलाई विश्वको तथा मध्यपूर्वको सर्वश्रेष्ठ बिजनेस क्लासद्वारा सम्मानित गरिँदैछ, साथै विश्वका शीर्ष १० एयरलाइन्सभित्र हाम्रो कम्पनीलाई नामाङ्कन गरिनु साच्चै नै एउटा सानदार उपलब्धि हो ।’