सातअाेटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिने – मन्त्री अधिकारी

पश्चिमाञ्चल होटल सङ्घद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज उद्घाटन गर्दै उहाँले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातअाेटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवर्द्धन गर्ने तयारी भइरहेको बताएका छन् ।

पश्चिमाञ्चल होटल सङ्घद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज उद्घाटन गर्दै उहाँले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताए ।

उनले भने – ‘इमान्दार भएर पर्यटन व्यवसायीले राज्यलाई राजश्व तिरिदिनोस्, अन्य जिम्मेवारी सरकारले लिन्छ ।’

सङ्ख्याको हिसाबमा भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

भैरहवा, निजगढ, नेपालगञ्ज, जनकपुरलगायतका विमानस्थलहरूको धावनमार्ग बढाएर भारतका विभिन्न सहरसँग सोझै हवाई सम्पर्क कायम गर्न पहल भइरहेको जानकारी पनि उनले दिए ।

प्रदेश नं ४ का पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रादेशिक सरकारले निकट भविष्यमा ल्याउने नीति, कार्यक्रम तथा बजेटमा पर्यटन विकासलाई जोड दिइने बताए ।

आजदेखि २०७५ वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० अाेटा स्टल राखिएका छन् । रासस