पहिलाे उडान भरेकाे १८  दिनमै कैलाशकाे दाेस्राे हेलिकाेप्टरले व्यावसायिक उडान थाल्याे

कैलाश हेलीकप्टर सर्भिसेजले ल्याएको दोस्रो हेलिकोप्टरले बुधबारदेखि व्यवसायीक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्री फाइभ जिरो बि टु ले बुधबार देखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले जानकारी दिए ।

यही कम्पनीले ल्याएको पहिलो हेलिकप्टर एएस थ्री फाइभ जिरो बि थ्री ई ले गत चैत १० गतेबाट उडान सुरु गरिसकेको छ । फ्रान्समा निर्मित यो हेलिकप्टरले उडान अनुमितपत्र प्राप्त गरेर व्यावसायिक उडान सुरु गरेको हो ।

सर्भिसेजलेे कर्पाेरेट फ्लाइट, हाइअल्टीच्युड अपरेसन्, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्दारका साथै बिरामीको पनि तत्काल उपचारका लागि गन्तब्य सम्म पुर्‍याउने लगायतका सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।