सेयर बजारको सुधार कायमै

बिहीबार कारोबार सुरु हुँदादेखि बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबारको मध्य समयसम्ममा करिब १३ अङ्कसम्मले बढेको नेप्से कारोबार समय बित्दै जाँदा बढ्ने क्रममा कमी आएको हो । तर, बन्द हुँदा ४.२२ अङ्कले बढेर बन्द भयो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार ३ अङ्कले बढेको नेप्से बिहीबार ४ अङ्कभन्दा धेरैले बढेको हो ।

वाणिज्य बैङ्क तथा वित्त समूहका कम्पनीको सेयर मूल्य घटे पनि जलविद्युत्, बिमा तथा विकास बैङ्कको सेयर मूल्य बढेपछि समग्र बजार सूचक बढेको हो । नेप्से सूचकसँगै कारोबार रकम पनि करिब १६ करोड रुपैयाँले बढेको छ । बुधबार घटेर २८ करोड रुपैयाँबराबरको मात्र सेयर किनबेच भएको थियो ।

बिहीबार कारोबार सुरु हुँदादेखि बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबारको मध्य समयसम्ममा करिब १३ अङ्कसम्मले बढेको नेप्से कारोबार समय बित्दै जाँदा बढ्ने क्रममा कमी आएको हो । तर, बन्द हुँदा ४.२२ अङ्कले बढेर बन्द भयो ।

वित्तीय प्रणालीमा नयाँ निक्षेप थपिएपछि सेयर लगानीकर्ता सकारात्मक भएका हुन् । वित्तीय प्राालीमा निक्षेप आए पनि सेयर कर्जा पाउने र लगानी बढाउने योजनामा लगानीकर्ता देखिन्छन् । त्यसका साथै बैङ्कहरुले ब्याजदरसमेत घटाउनेछन् ।

कारोबार सुरु हुँदा १२७३.३३ अङ्कमा रहेको नेप्से बन्द हुँदा ४.२२ अङ्कले बढेर १२७७.५५ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ ।

नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये जलविद्युत ०.६७, बिमा ७९.८७, उत्पादनमूलक ३८.७४, लघुवित्त समूह १०.७१, विकास बैङ्क ११.४१, होटल १९.५८ र अन्य ४.०२ अङ्कले बढेका छन् । तर, बैङ्किङ समूह १.१२ र वित्त समुह ५.०६ अङ्कले घटेका छन् ।
नेप्सेमा १६५ कम्पनीको ५ हजार ९ सय ६३ करोबारवाट ४४ करोड ३० लाख रुपैयाँबराबरको १३ लाख २९ हजार ९ सय ३० कित्ता सेयरखरिद बिक्री भएको छ ।