नेप्सेमा ३ अर्बको सेयर सूचीकृत

यो साता नेप्सेमा कारोबार भएका वाणिज्य बैङ्क, बिमा, जलविद्युत् तथा अन्य समूह बढेका छन् । नेप्सेमा बैङ्किङ वाणिज्य बैङ्क १४.४९, लघुवित्त ६८.४६, होटल ४४.०८, जलविद्युत् १४.०९, बिमा ३५५.५१, उत्पादनमूलक १२.७४, व्यापार ७.६ र अन्य १७.८८ अङ्कले बढेका छन् । तर, विकास बैङ्क ८.६ र वित्त समूह २.१२ भने अङ्कले घटेका छन् । यो साता नेप्सेमा १८३ कम्पनीहरुको ३६ हजार ७ सय ५ कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ३ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर सूचीकरण भएको छ । यो साता २ वाणिज्य बैङ्कको बोनस सेयरसहित ९ कम्पनीको हकप्रद तथा बोनस सेयर कारोबारका लागि नेप्से सूचीकरण भएको हो ।

यो साता नेप्सेमा ६ बैङ्क वित्तीय संस्था २ इन्स्योरेन्स कम्पनी र एक जलविद्युत् कम्पनीको सेयर कारोबारका लागि सूचीकरण भएको हो । सोमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको १२ लाख ८३ हजार ४० कित्ता, जानकी फाइनान्सको ६ लाख १५ हजार ३ सय ४६ कित्ता बोनस, सनराइज बैङ्कको १ करोड ६ लाख ३३ हजार ७ सय ६८.५० कित्ता बोनस, अपी पावरको ८ लाख ४० हजार कित्ता बोनस, नागबेली लघुवित्त विकास बैङ्कको २ लाख ४० हजार ४६ कित्ता बोनस, सिभिल लघुवित्त वित्तीय संस्थाको ४७ हजार २ सय ५० कित्ता बोनस, तिनाउ विकास बैङ्कको ४ लाख ६० हजार ८ सय ४९ कित्ता बोनस, लुम्बिनी जनरल इन्स्योरेस कम्पनीको १० लाख कित्ता बोनस र प्राइम कमर्सियल बैङ्कको १ करोड ७० लाख ७८ हजार ६ सय ६६ कित्ता बोनस सेयर कारोबारका लागि सूचीकरण भएको हो ।

कम्पनीले पुँजी वृद्धिका लागि कायम रहेका सेयरधनीलाई बिक्री गरेको हकप्रद सेयर र नाफाबाट प्रतिफलस्वरूप वितरण गरेको बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकरण भएको हो । यो साता नेप्सेमा सेयर आपूर्ति बढेको भए पनि बजार परिसूचक साताभरमा २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्सेको कारोबार रकममा पनि ७३ प्रतिशतको सुधार आएको छ ।
यो साताको पहिलो दिन ४४ अङ्कले बढेको नेप्से परिसूचक सोमबार र मङ्गलबार घटेको थियो । तर, बुधबार र बिहीबार भने नेप्से सूचकमा सुधार आएको थियो । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १२५०.३९ अङ्कमा रहेको नेप्से परिसूचक साताभर २७.१६ अङ्कले बढेर १२७७.५५ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५.५६ अङ्कले बढेको छ ।

यो साता नेप्सेमा कारोबार भएका वाणिज्य बैङ्क, बिमा, जलविद्युत् तथा अन्य समूह बढेका छन् । नेप्सेमा बैङ्किङ वाणिज्य बैङ्क १४.४९, लघुवित्त ६८.४६, होटल ४४.०८, जलविद्युत् १४.०९, बिमा ३५५.५१, उत्पादनमूलक १२.७४, व्यापार ७.६ र अन्य १७.८८ अङ्कले बढेका छन् । तर, विकास बैङ्क ८.६ र वित्त समूह २.१२ भने अङ्कले घटेका छन् । यो साता नेप्सेमा १८३ कम्पनीहरुको ३६ हजार ७ सय ५ कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको तुलनामा ७३.९३ प्रतिशतले धेरै हो । गत साता नेप्सेमा १८० कम्पनीहरुको २७ हजार ६ सय ३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिदबिक्री भएका थियो ।