मन्त्री अधिकारीले क्यान महानिर्देशक गौतमसँग लिए स्पष्टीकरण

मन्त्री अधिकारीले ‘तपाईं आएपछि केके सुधार भयो र आगामी कार्ययोजना के छ’ भन्दै प्रश्न गरेपछि गौतमले दिएको जवाफमा चित्त नबुझको र जति काम हुनुपर्ने हो त्यो नभनेको भन्दै स्पष्टीकरण सोधेको पर्यटन मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपाललाई बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधेका छन् ।

मन्त्री अधिकारीले अघिल्लो साता गौतमलाई मन्त्रालयमा बोलाएर विमानस्थलभित्रको सुधार, एयरलाइन्सहरुको बक्यौता, राष्ट्रिय गौरवका विमास्थलको प्रगतिलगायत विषयका काम सन्तोषजनक नभएको र यूएस बङ्गला एयरलाइन्स दुर्घटना हुँदा कर्मचारीबीच समन्वय नदेखिएको भन्दै मौखिक स्पष्टीकरण लिएको मन्त्रालय स्रोतले बतायो ।

मन्त्री अधिकारीले ‘तपाईं आएपछि केके सुधार भयो र आगामी कार्ययोजना के छ’ भन्दै प्रश्न गरेपछि गौतमले दिएको जवाफमा चित्त नबुझको र जति काम हुनुपर्ने हो त्यो नभनेको भन्दै स्पष्टीकरण सोधेको पर्यटन मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपाललाई बताए ।

अधिकारी मन्त्री नियुक्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थललगायतको निरीक्षण गरिसकेपछि प्रगतिको अवस्था देखेपछि महानिर्देशक गौतमलाई स्पष्टीकरण लिएको मन्त्रालय स्रोतले बतायो ।

भैरहवा, पोखरा, निजगढ विमानस्थलका आयोजना प्रमुखका रुपमा गौतमले आफू निकट प्रदीप अधिकारीलाई राखेका छन् । मन्त्री अधिकारीले आफू पर्यटन क्षेत्रमा व्यापक सुधार गर्न आएकाले कुनै पनि सम्झौता नहुने बताउँदै एक्सनमा तयार रहन पनि गौतमलाई निर्देशन दिएका छन् ।