अब भद्रपुर र जनकपुर विमानस्थलमा पनि रात्रिकालीन सेवा

आन्तरिक एवम् बाह्य पर्यटकको चापलाई दृष्टिगत गरी एकै पटक दुई एयरपोर्टमा रात्रिकालीन उडान गर्न लागिएको क्यानको भनाइ छ । यसबाट एयर ट्राफिक जाम कम हुने र यात्रुलाई पनि सहज तरिकाले यात्रा गर्न पाउने उनले बताए । ग्लोबल टेन्डरमा ढिलाइ नभए कात्तिकभित्रमा दुवै एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गरिसक्ने तयारीका साथ काम अगाडि बढाइरहेको उनको भनाइ छ ।

भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ । ‘रात्रकालीन उडानका लागि आवश्यक तयारी भइरहेको छ, सात महिनाभित्र उडान सुरु गर्छौं,’ क्यान महानिर्देशक सन्जीव गौतमले भने, ‘रनवे लाइट खरिदका लागि बजेट विनियोजन गरी ग्लोबल टेन्डरको प्रक्रियामा छौँ ।’

प्रदेश १ मा झापाको भद्रपुर र प्रदेश २ को जनकपुरमा रहेका एयरपोर्टमा रात्रिकालीन सेवा तयार भएर प्रमाणीकरणसमेत भइसकेको क्यानका महानिर्देशक गौतमले जानकारी दिए । झापाको भद्रपुर एयरपोर्टको डिजाइन सकिइसकेको र जनकपुर एयरपोर्टको डिजाइन भइरहेकाले दुवै टेण्डर प्रक्रियामा भने एकैपटक जाने उनको भनाइ छ ।

आन्तरिक एवम् बाह्य पर्यटकको चापलाई दृष्टिगत गरी एकै पटक दुई एयरपोर्टमा रात्रिकालीन उडान गर्न लागिएको क्यानको भनाइ छ । यसबाट एयर ट्राफिक जाम कम हुने र यात्रुलाई पनि सहज तरिकाले यात्रा गर्न पाउने उनले बताए । ग्लोबल टेन्डरमा ढिलाइ नभए कात्तिकभित्रमा दुवै एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गरिसक्ने तयारीका साथ काम अगाडि बढाइरहेको उनको भनाइ छ ।

’दुवै एयरपोर्टमा रात्रिकालीन उडान गर्ने भएपछि त्यस क्षेत्रको पर्यटन विकासमा पनि थप टेवा पुग्छ,’ होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले भने, ‘धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने जनकपुरमा रात्रिकालीन उडानले होटल व्यवसायलाई ठूलो राहत पुग्छ ।’ यस्तै पूर्वी क्षेत्रको झापामा रहेको भद्रपुर एयरपोर्टले पनि त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यसअघि प्रदेश ७ मा रहेको धनगढी एयरपोर्टले रात्रिकालीन उडान सुरु गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एयर ट्राफिक जाम घटाउन वैकल्पिक उपाय खोज्ने बताएका थिए । मन्त्री अधिकारीकै अगुवाइमा सम्भव भएका र यात्रुको चाप बढी भएका एयरपोर्टहरुमा रात्रिकालीन उडान गर्ने गरी काम अघि बढाइएको क्यानको भनाइ छ ।