सेयर बजारमा सामान्य सुधार

आइतबार विकास बैङ्क, बिमा तथा अन्य समूहमा सूचीकृत कम्पनीको सेयर मूल्यमा सुधार आएपछि समग्र बजारसूचक बढेको हो । कारोबार सुरु हुदाँ घटेको नेप्से केही समयसम्म १२ अङ्कले घटेको थियो । तर, कारोबारको करिब एक घण्टापछिदेखि घट्ने क्रममा कमी आएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । गत साताको अन्त्यदेखि सुधारको गतिमा देखिएको नेप्से यो साताको पहिलो दिन पनि कायम देखियो ।

आइतबार विकास बैङ्क, बिमा तथा अन्य समूहमा सूचीकृत कम्पनीको सेयर मूल्यमा सुधार आएपछि समग्र बजारसूचक बढेको हो । कारोबार सुरु हुदाँ घटेको नेप्से केही समयसम्म १२ अङ्कले घटेको थियो । तर, कारोबारको करिब एक घण्टापछिदेखि घट्ने क्रममा कमी आएको थियो । र, कारोबारको अन्तिम समयमा आएर नेप्से परिसूचक साढे २ अङ्कले बढेर बन्द भएको हो ।

नेप्से बढेको भएपनि कारोबार रकम भने घटेर ३० करोड रुपैयाँमा झरेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्सेमा ४० करोड रुपैयाँभन्दा धेरैका सेयर किनबेच भएका थिए ।

आइतबार दलाल कम्पनीले अनलाइन कारोबार सुरु गरेका हुनाले पनि बजार सकारात्मक भएको हो । धितोपत्र बोर्डले २०७५ सालको सुरुदेखि इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्रीका लागि आदेश दिन सक्ने व्यवस्था गर्न व्यवसायीलाई परिपत्र गरेको थियो । सो अनुरुप दलाल कम्पनीले पनि काम गरेका हुनाले पनि बजार सकारात्मक भएको हो ।

कारोबार सुरु हँुदा १२७७.५५ अङ्कमा रहेको नेप्से बन्द हुँदा २.६० अङ्कले बढेर १२८०.१५ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ ।

नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये होटल २२.४१, विकास बैङ्क १.३६, बिमा ८३.८४, लघुवित्त समूह ११.७४ र अन्य ५.२९ अङ्कले बढेका छन् । तर, बैङ्किङ समूह २.२५, जलविद्युत् ८.३३, उत्पादनमूलक ३.६७ र वित्त समूह २.५४ अङ्कले घटेका छन् ।

नेप्सेमा १५९ कम्पनीका ४ हजार ६४ करोबारबाट ३० करोड ३१ लाख रुपैयाँ बरावरका ६ लाख ५५ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् ।