लुक्लामा समिट एयर ठूलो दुर्घटनाबाट बच्यो (भिडियाेसहित)

लुक्ला पुगेको जहाज बिहान पौनै ११ बजे नर्मल ल्यान्डिङ गर्ने बेला अटोपाइलटिङ सिस्टमले पूरा काम नगरेपछि अनियन्त्रित भई धावमार्गको बीचमै हल्लिएको थियो । जहाजलाई अनुभवी पाइलट रवीन्द्र रोकायाले उडाएका थिए ।

काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज लुक्ला एयरपोर्टमा ठूलो दुर्घटनाबाट बचेको छ । १८ जना भारतीय पर्यटकहरु लिएर लुक्ला पुगेको जहाज बिहान पौनै ११ बजे नर्मल ल्यान्डिङ गर्ने बेला अटोपाइलटिङ सिस्टमले पूरा काम नगरेपछि अनियन्त्रित भई धावमार्गको बीचमै हल्लिएको थियो । जहाजलाई अनुभवी पाइलट रवीन्द्र रोकायाले उडाएका थिए ।

लुक्ला एयरपोर्टका स्टेसन म्यानेजर योगेन्द्र कुँवरले अटो अटोपाइलटिङ सिस्टमले पूरा काम नगरेपछि धावनमार्गको स्लोपमा आइपुग्दा रिभर्स ब्रेक लगाउँदा जहाज देब्रे मोडिएर हल्लिएको बताए । जहाज हल्लिएपनि ठूलो दुर्घटना नभएको र पाइलटले सुरक्षित रुपमा पार्किङमा पुराएको कुँवरले बताए ।

जहाज हल्लिदाँ पछाडि पुच्छरको तल्लो भागमा सामान्य क्षति पुगेको छ । इन्जिनियरले क्षति पुगेको भाग फेरेपछि यात्रु नलिई जहाज काठमाडौं फर्केको लुक्ला विमानस्थलले जनाएको छ ।

हेर्नुस् एक पर्यटन व्यवसायीले क्यापिटल नेपाललाई उपलब्ध गराएको भिडियो