एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया ग्रोथ फन्ड सूचीकृत

एनआईसी एसिया बैङ्क लिमिटेडको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामूहिक लगानी कोष, एनआईसी एसिया ग्रोथ फन्ड (८३.५२ करोड इकाइ) सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ ।

धितोपत्र बोर्डबाट २०७४/०९/११ गते निष्काशन अनुमति प्राप्त भई २०७४/१०/०२ गतेदेखि ७ वर्षे बन्दमुखी योजना रहेको एनआईसी एसिया ग्रोथ फन्ड इकाइ सर्वसाधारणमा बिक्री गरिएको थियो । उक्त इकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भई धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

कोषले गर्ने लगानीको नाफाबाट लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लाभ लिन सक्ने छन् । एनआईसी एसिया ग्रोथ फन्ड दोस्रो बजारमा ‘एनआईसीजीएफ’ नाममा कारोबार हुनेछ ।