गाडीको साँचो थुतेर सुरक्षाकर्मीलाई चलाउन लगाउँछु, गृहसचिव राई

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले व्यवसायीले आन्दोलन गरे सुरक्षाकर्मी परिचालन गरी व्यवसायीकै गाडीको साँचो थुतेर सञ्चालन गर्ने बताए । ’सरकारको विरुद्ध लाग्नेलाई छोड्दैनौं, सुरक्षाकर्मी परिचालन गरेर भएपनि जनतालाई सेवा दिन्छौं,‘ गृहसचिव राईले भने ।

सिन्डिकेट कायम गर्न नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले अनिश्चितकालीन चक्काजामको घोषणा गरेसँगै सरकार त्यस विरुद्ध कडा भएर उत्रने भएको छ ।

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले व्यवसायीले आन्दोलन गरे सुरक्षाकर्मी परिचालन गरी व्यवसायीकै गाडीको साँचो थुतेर सञ्चालन गर्ने बताए । ’सरकारको विरुद्ध लाग्नेलाई छोड्दैनौं, सुरक्षाकर्मी परिचालन गरेर भएपनि जनतालाई सेवा दिन्छौं,‘ गृहसचिव राईले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही वैशाख २० गतेदेखि देशव्यापी हड्ताल र वैशाख २६ गतेदेखि अनिश्चितकालीन हड्तालमा उत्रने घोषणा गरेका छन् ।

सरकारले कोटेश्वरदेखि बनेपासम्म मयुर यातायात लगाएत साझा, महानगर र मेट्रोसहितका ठूला बस चलाउने कम्पनीलाई रुट इजाजत दिएपछि अन्य व्यवासायीहरु रुष्ट बनेका थिए ।