काठमाडाैंमा बोस्निया र हर्जगोभिना कन्सुलेटलकाे फोटो प्रदर्शनी

कार्यक्रममा पर्यटनमन्त्री अधिकारी, हर्जेगाभिनाका राजदूत डा. सुवासिच, उद्योग वाणिज्य महासङ्घ अध्यक्ष भवानी राणा, शङ्कर गु्रपका कार्यकारी निर्देशक साहिल अग्रवाललगायत पर्यटन व्यवसायीको उपस्थिति थियो ।

नेपालस्थित बोस्निया र हर्जगोभिना कन्सुलेटले बोस्निया र हर्जगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने फोटो प्रदर्शनी गरेको छ । दक्षिण पूर्वी युरोपमा अवस्थित उक्त राष्ट्रको पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यका साथ तस्बिरहरुको एक विशेष प्रदर्शनी गरिएको हो ।

समारोहमा नेपालका तर्फबाट सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र हर्जगोभिनाका राजदूत डा. साबिट सुबासिचले संयुक्त रुपमा उक्त फोटो प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री अधिकारी, हर्जेगाभिनाका राजदूत डा. सुवासिच, उद्योग वाणिज्य महासङ्घ अध्यक्ष भवानी राणा, शङ्कर गु्रपका कार्यकारी निर्देशक साहिल अग्रवाललगायत पर्यटन व्यवसायीको उपस्थिति थियो । हाल हर्जेगाभिना युरोपियन मुलुकको पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।

कार्यक्रममा राजदूत सुवासिचले बोस्निया र हर्जगोभिनाको प्राकृतिक सुन्दरता एवम् संस्कृति र त्यहाँका नागरिकलाई तस्बिरका माध्यमबाट परिचित गराउने प्रदर्शनीको उद्देश्य रहेको बताए । हाल हर्जगोभिनामा २० लाखभन्दा बढी पर्यटक भित्रिइसकेको उनले जानकारी दिए ।

त्यस्तै मन्त्री अधिकारीले हर्जगोभिनाबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । केही वर्ष अघिसम्म द्वन्द्वको चपेटामा परेको मुलुकले छोटो समयमै धेरै २० लाख पर्यटक भित्र्याइसकेको उनको भनाइ छ । ‘हामी त्यहाँबाट धेरै कुराहरु सिक्न सक्छौं,’ मन्त्री अधिकारीले भने ।