सिन्डिकेट समर्थक व्यवसायी आन्दोलनमा

गृह मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै यातायात जस्तो अत्यावश्यक क्षेत्रमा बन्द, हटताल नगर्न आग्रह गरिसकेको छ । व्यवसायीले उक्त आदेश कार्यान्वयन नगरे आवश्यक कारबाही गरिने मन्त्रालयकाे भनाइ छ ।

सरकारले सिन्डिकोट खारेज गर्ने निर्णय गरेपछि सिन्डिकेटका समर्थक व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र ढुवानी यातायात महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निदेर्शिका २०६० संशोधन गर्दै सवारी साधनमा रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । सरकारको निर्णयसँगै मुलुकभर रुट परमिट लिन चाहने व्यवसायीको लागि बाटो खुलेको थियो । त्यस्तै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका कामको थालनीले व्यवसायी मारमा परेको भन्दै सिन्डिकेट पक्षधरले आन्दोलन घोषणा गरेका हुन् ।

यसबाट व्यवसायीको सिन्डिकेट हट्छ । तर व्यवसायी भने सरकारले गरेको व्यवस्था फिर्ता हुनुपर्ने भन्दै घुँडा टेकाउन आन्दोलनमा जुटेका हुन्। गृह मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै यातायात जस्तो अत्यावश्यक क्षेत्रमा बन्द, हटताल नगर्न आग्रह गरिसकेको छ । व्यवसायीले उक्त आदेश कार्यान्वयन नगरे आवश्यक कारबाही गरिने मन्त्रालयकाे भनाइ छ ।