कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एकवर्षका लागि कापी तथा भान्छामा प्रयोग हुने सामग्री प्रदान गरेको हो ।
हिमालय एअरलाइन्सका प्रतिनिधिहरूले बालुवाटारस्थित प्रयास नेपालको कार्यालयमा गएर त्यहाँ रहेका बालबालिका तथा अधिकारीहरूसँग भेटघाट तथा अन्तक्र्रिया गरेका थिए । त्यहाँ एअरलाइन्सका प्रतिनिधिहरूले बालबालिकालाई कापी सहित अन्य सामग्री तथा चक्लेटहरू प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै एअरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले भनिन्, ‘हिमालय एअरलाइन्सले प्रयास नेपालसँग सहकार्य गर्न पाउँदा निकै खुशी र गौरवान्वित महशुस गरेको छ । हाम्रो सानो सहायताले प्रयास नेपालमा आश्रित बालबालिकालाई प्रोत्साहित र सशक्त गर्दै भविष्यमा आत्मविश्वासी, तथा स्वस्थ बनाउन सहयोग पुग्नेमा हामी आशावादी छौं ।’