विश्व प्रशिद्ध ८ पर्वतारोहीलाई सम्मान

सगरमाथा आरोहणको ४० औ वर्षिकाेत्सवका अवसरमा विभिन्न देशका ८ जना पर्वतारोहीलाई सम्मान गरिएको हो ।

विश्व प्रशिद्ध ८ पर्वतारोहीलाई नेपाल सरकारले सम्मान गरेको छ । सगरमाथा आरोहणको ४० औ वर्षिकाेत्सवका अवसरमा विभिन्न देशका ८ जना पर्वतारोहीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा इटालियन नागरिक रिनहोल्ड मेशनर, स्वीस नागरिक प्रोफेसर डाक्टर ओसवाल्ड ओएल्ज, अस्ट्रेलियन नागरिकहरु ओल्फग्याङ नायर्ज, प्रोफेसर पिटर हेबलर, प्रोफेसर डाक्टर रेमन्ड म्यागे्रटर, रोबर्ट शायेर, हेन्स शेल र हेल्मथ हेग्नर छन् ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घको सयुक्त आयोजनामा आयोजित सम्मान कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विदेशी पर्वतारोहीले नै नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुर्याएको बताए । ४० औ वर्षगाँठको अवसरमा ८ जना पर्वतारोहीलाई सम्मान गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै मन्त्री अधिकारीले फेरि फेरि पनि हिमाल आरोहणका लागि उनीहरुलाई आग्रह गरे ।