राति पाैने १० बजे टु जिराेबाट जिराे टु तिर गइरहेकाे जहाज माेडिएर पुन टु जिराेतर्फ अाउने बेला धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेपछि एयरपाेर्ट बन्द भएकाे छ ।
राति पाैने १० बजे टु जिराेबाट जिराे टु तिर गइरहेकाे जहाज माेडिएर पुन टु जिराेतर्फ अाउने बेला धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेपछि एयरपाेर्ट बन्द भएकाे छ ।
काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयर उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो । जहाज १ सय ३९ फिट पर पुगेर भासिएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले जनाएकाे छ ।
जहाजमा रहेका १३९ यात्रुहरु र चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।