स्पिड लिएर टेकअफ गर्न लाग्दा डिस्प्लेमा केही खराबीकाे सिग्नल देखिएपछि अापत्कालीन ब्रेक लगाउँदा जहाज चिप्लिएर घाँसे मैदानमा पुगेकाे हाे, पाइलटकाे भनाइ उदृत गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, स्पीडमा अाएकाे जहाज एकासी ब्रेक लगाउँदा रनवे छाडेकाे हाे ।
काठमाडाैंबाट मलेसियाका लागि उडन लागेकाे जहाज टेकअफ गर्ने बेलामा डिस्प्लेमा इरर देखिएपछि पाइलटले राेक्न राेज्दा जहाज घाँसे मैदानमा पुगेकाे त्रिभूवन विमानस्थल स्राेतले बताएकाे छ ।
‘स्पिड लिएर टेकअफ गर्न लाग्दा डिस्प्लेमा केही खराबीकाे सिग्नल देखिएपछि अापत्कालीन ब्रेक लगाउँदा जहाज चिप्लिएर घाँसे मैदानमा पुगेकाे हाे’, पाइलटकाे भनाइ उदृत गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘स्पीडमा अाएकाे जहाज एकासी ब्रेक लगाउँदा रनवे छाडेकाे हाे ।’
उनका अनुसार अहिले अान्तरिक उडान भइरहेकाे छ । विहान भिजिविलिटी कम भएकाले अान्तरिक उडान हुन सकेकाे थिएन । तर, भइरहेकाे उनकाे भनाइ छ । केही घण्टा पछि अन्तराष्ट्रिय उडान पनि हुने क्षेत्रीले जानकारी दिए ।








