त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा खुला

यात्रुको सुविधाका लागि शुक्रबार चौबीसै घण्टा सञ्चालनमा ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ । बिहीबार राति मलेसियाका लागि उडान गर्न लागेको मालिन्दो एयरको विमान टेकअफ गर्ने बेलामा डिस्प्लेमा इरर देखिएपछि पाइलटले इमर्जेन्सी ब्रेक लगाएर रोक्न खाेज्दा विमान घाँसे मैदानमा भासिएकाले विमानस्थल बन्द भएको थियो ।

तर विमानस्थल खुलेपछि यात्रुको सुविधाका लागि शुक्रबार चौबीसै घण्टा सञ्चालनमा ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘हिजोको घटनाले यात्रु समस्यामा परेका छन्’, उनले भने, ‘त्यसैले आज (शुक्रबार) हामी विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्छौं । त्यसको पूर्ण तयारी गरेका छौं ।’