जहाज दुर्घटनापछि जहाज तान्न आवश्यक फलामे डोरी नभएकै कारण बिहीबार राति दुर्घटनामा परेको मालिन्दो एयरको विमान उद्धारमा ढिलाइ भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग विमान दुर्घटना तथा अन्य उद्धारका लागि आवश्यक फलामे डोरी नहुँदा समस्या उत्पन्न भएको छ । जहाज दुर्घटनापछि जहाज तान्न आवश्यक फलामे डोरी नभएकै कारण बिहीबार राति दुर्घटनामा परेको मालिन्दो एयरको विमान उद्धारमा ढिलाइ भएको थियो ।
विमानस्थलमा आवश्यक फलामे डोरी नभएपछि नेपाली सेनाले शुक्रबार बिहान खोजेर ल्याएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘हामीसँग भएको डोरी पातलो भएकाले चुँडियो,’ उनले भने, ‘सेनाले खोजेर ल्याएपछि जहाज तान्यौँ । अबचाहिँ किन्नुपर्ला ।’