घुम्दै फिर्दै क्रोमोडाँडा

लमजुङ बेसीसहरबाट उत्तर–पूर्वमा अवस्थित बराहपोखरी, क्रोमोडाँडा सुन्दर पर्यटकीय गन्तव्य हुन् । यहाँ पुग्दा जोकोहीको पनि मन आनन्दित हुन्छ । नजिकै देखिने हिमाल, ताल र फूलहरुको दृश्यले यहाँ जानेहरुलाई आँखा झिम्क्याउन पनि मन नलाग्ने बनाइदिन्छन् ।

दृश्यावलोकनका लागि अति नै सुन्दर क्षेत्र भए पनि प्रचारमा भने यो अगाडि छैन । निजीक्षेत्र, सरकारलगायत कसैको प्राथमिकतामा पनि यो पर्न सकेको छैन । त्यसैले आन्तरिक एवम् बाह्य पर्यटकलाई भरपूर आनन्द दिन सक्ने यो ठाउँको प्रवद्र्धन अत्यावश्यक छ ।

नजिकै हिमालको दृश्यावलोकन गर्न पाइनु यस क्षेत्रको विशेषता हो । यहाँ बराहपोखरी छ । बर्सेनि जनैपूर्णिमाका दिन मेला लाग्ने यहाँको तीन हजार ६ सय ९६ मिटर अग्लो क्रोमोडाँडाबाट माछापुच्छ«े, अन्नपूर्ण, मनास्लुलगायत हिमालको सौन्दर्य अवलोकन गर्न पाइन्छ । त्यति मात्र कहाँ हो र ? बेसीतिर फर्किंदा पहाडै पहाडको मनोरम दृश्यले जोकसैको मन लोभिन सक्छ । त्यसमा पनि चैत–वैशाखमा ढकमक्क फुलेका लालीगुराँसले डाँडालाई नै राताम्मे बनाउँदा साँच्चै स्वर्गानुभूति हुन सक्छ । मन खुसीले चङ्गा बन्न सक्छ ।

यो क्षेत्रमा पदयात्राका लागि मार्च, अप्रिल, मे, अक्टोबर र नोभेम्बर महिना उपयुक्त हुन् ।

(शर्मा मेगा एडभेन्चरर्स इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा हाइक फर नेपालका अध्यक्ष हुन् ।)