तीव्र उतारचढावबीच वृद्धिको बाटो पछ्याउँदै सेयर बजार

कारोबारको सुरुवाती १७ मिनेटसम्म २९ अङ्कको सुधार सुधार देखिएको बजारमा त्यसपछि १२ अङ्कको ‘करेक्सन’ र फेरि सुधार भएर १४२३ अङ्कसम्म पुगेकोमा पुनः बजार ओरालो लागेर १४१२ अङ्कसम्म झरेको छ ।

पछिल्लो केही दिनदेखि निरन्तर वृद्धि आइरहेको सेयर बजारमा आइतबार पनि उतारचढावबीच वृद्धि देखिएको छ । आइतबार मध्याह्न १ बजेटसम्मको कारोबारमा ३५ अङ्कसम्मको सुधार देखिएर फेरि ओरालो लागेको छ ।

कारोबारको सुरुवाती १७ मिनेटसम्म २९ अङ्कको सुधार सुधार देखिएको बजारमा त्यसपछि १२ अङ्कको ‘करेक्सन’ र फेरि सुधार भएर १४२३ अङ्कसम्म पुगेकोमा पुनः बजार ओरालो लागेर १४१२ अङ्कसम्म झरेको छ ।

वैशाख लागेसँगै बढ्न थालेको सेयर बजार गत साता कारोबार भएको ५ दिन नै बजार बढेर शतक पार गर्दै १३८८.३१ अङ्कमा चढेको थियो । गत साताका कारोबारहरुमा पनि निकै उतारचढावबीच बजारले वृद्धि गति समाएको थियो । आइतबार लिएको उच्चवृद्धिपछि प्राप्त सूचक १२४३.८४ अङ्क गत फागुन ३ १४८४ अङ्कभन्दा १ अङ्कले कम हो भने पुस २० गतेको १४२३.८३ अङ्कको बराबरी हो ।