भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने खबरसँगै बजारमा नयाँ समूह बजार प्रवेश गरेको र त्यसको असर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा परेको बताउन थालिएको छ ।
पछिल्लो केही दिनदेखि निरन्तर वृद्धि भइरहेको सेयर बजारले आइतबार एकैदिन अर्धशतक पार गरेको छ । गत साताभर शतक पार गरेको बजारले आइतबार निकै उतारचढावका बीच अर्धशतक पार गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने खबरसँगै बजारमा नयाँ समूह बजार प्रवेश गरेको र त्यसको असर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा परेको बताउन थालिएको छ । आइतबार ५०.१८ अङ्क बढेर १४३८.४९ अङ्कमा चढेको छ । यो उचाई गत पुस १८ गतेको १४३७.२४ अङ्कभन्दा माथि हो । यसले आगामी दिनमा अझ बजार वृद्धि हुने सङ्केत गर्छ ।
‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकेर नेपाल आएपछि बजारमा सकारात्मक सन्देश गएको र फेरि भारतीय प्रधानमन्त्री नेपाल आउने हल्लाले बजारमा चमक आएको छ’, एक सेयर दलालले भने । पछिल्लो समय कारोबार रकममा पनि निरन्तर वृद्धि भइरहेको छ । वैशाख लागेपछि त्यसैपनि बजारमा सकारात्मक प्रभाव पर्छ । खासगरी सूचीकृत कम्पनीको ९ महिनाको वित्तीय विवरणले आगामी वर्ष लाभांश कस्तो दरमा दिने वा नदिने निक्र्योल गर्न सहयोग पु¥याउँछ । प्रकाशित वित्तीय विवरणहरु आशाजनकै देखिन्छन् ।
त्यसैगरी बजारमा देखिएका सकारात्मक पक्षका रुपमा निकट भविष्यमै आउन लागेको अनलाईन कारोबार प्रणाली, निरन्तर बजार बढ्दा मार्जिन कलको झन्झटबाट उन्मुक्ति, आर्थिक वर्षको अन्त्यमा हुने सार्वजनिक खर्चमा वृद्धि र त्यसबाट तरलता (लगानीयोग्य रकम अभाव)को सम्बोधन, आगामी आर्थिक वर्षको बजेटले लिने रणनीति, विदेशबाट रकम भित्र्याएर मुलुकमा तरलता सहज बनाउन बैङ्कहरुले चालेको कदम र त्यसपछि तरलता समस्या समाधान भई ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको मान्नेहरु पनि धेरै छन् । तर, बजारमा यसरी उछाल आउनुपर्ने गरी आर्थिक तथा राजनीतिक परिदृश्यमा कुनै परिवर्तन आएको छैन । वस्तुस्थिति नबुझी बजारमा लगानी गर्दा फस्ने सम्भावना अधिक हुन्छ ।
आईतबार १२ हजार ५ सय ४८ कारोबारबाट २८ लाख ८९ हजार ९ सय ४३ कित्ता सेयर खरिद बिक्री भई १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत साता ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरका ८८ लाख ५९ हजार ४ सय १० कित्ता सेयर खरिद बिक्री भएका थिए ।