रैराङलाई ८ लाख ४० हजार कित्ता प्राथमिक निस्कासनको अनुमति

बोर्डले आइतबार प्रतिकित्ता एक सय रुपैयाँका दरले प्राथमिक निस्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो । अब कम्पनीले २ महिनाभित्र सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर कम्पनीलाई ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न प्राथमिक निस्काशन (आईपीओ)को अनुमति दिएको छ ।

बोर्डले आइतबार प्रतिकित्ता एक सय रुपैयाँका दरले प्राथमिक निस्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो । अब कम्पनीले २ महिनाभित्र सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्नेछ ।

कम्पनीको बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त गरिएको छ । पाँचथर र ताप्लेजुङ्ग जिल्लाका आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ६० हजार कित्ता सेयर बेचिसकेको रैराङले जारी पुँजीको १५ प्रतिशत सेयर कर्मचारी र सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

कम्पनीमा संस्थापकहरुको सेयर स्वामित्व ७५ प्रतिशत छ ।