क्यानलाई चुस्त बनाउन विज्ञको सुझाव

नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई चुस्त बनाउन विज्ञहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई सुझाव दिएका छन् । मन्त्री अधिकारीले विज्ञ समूहसँग राय सुझाव मागेका हुन् ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि उच्च राख्न प्राविधिमा मात्र नभई कुटनीतिमा पनि विज्ञताको खाँचो महशुस नहोस् भन्ने उद्धेश्यका साथ केहि समय अघि नागरिक उड्डयन विज्ञ समूह गठन गरेका थिए । मन्त्री अधिकारीले आफ्नो १ सय दिनको कार्यक्रम सार्वजनिक गर्दै क्यान लाई सुधार गर्ने घोषणा गरेका थिए । मन्त्री अधिकारीकै पहल गठन भएको विज्ञ समूहसँग आइतबार छलफल गरि २ दिन भित्रमा राय सूझाव पेश गर्न अनुरोध गरेका छन् ।

विज्ञ समूहले हाल निर्माण भएका विमानस्थल, संचालन भइरहेका विमानस्थलमा प्रयोग भइरहेका जनशक्ति, नेपालमा संचालित आन्तरिक र अन्तरराष्ट्रिय वायु सेवाको विवरण र हवाई उडान सुरक्षाका विषयमा सुझाव पेश गर्ने छन् । नेपालको भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी नेपाललाई अन्तर्राष्ट्रिय आवत÷जावत केन्द्रको रुपमा कसरी विकास गर्ने, नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता, गौतमवुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई कसरी अगाडी बढाउने विषय रहेका छन् ।