वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे । उनले मुलुक र जनताको हितलाई सर्वोपरि राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने...
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
आइतबार एक कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे । उनले मुलुक र जनताको हितलाई सर्वोपरि राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए ।
सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छ भने । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे । रासस