पाशुपत क्षेत्रमा मन्त्री अधिकारीले नै सवारीसाधन लगेको विषयमा चौतर्फी विरोध भएपछि मन्त्रालयले क्षमा मागेको छ । ‘कार्यक्रम स्थलमा पानी परेकाले गाडी प्रवेश भएको हो, यसप्रति हामी गम्भीर छौं,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने र उक्त क्षेत्रमा सवारी साधन नलैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
पाशुपत क्षेत्रमा अशक्त र फरक क्षमता भएकालाई विद्युतीय सवारीसाधनको व्यवस्था हुने भएको छ । पाशुपत क्षेत्रमा सवारीसाधन निषेध गरिएपछि अशक्त र फरक क्षमता भएकालाई मन्दिरसम्म जान समस्या भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाशुपत क्षेत्रमा प्रवेशका लागि अशक्त र फरक क्षमता भएका व्यक्तिहरुलाई सहज बनाउन विद्युतीय सवारीसाधनको व्यस्था गर्ने बताएका छन् । उनीहरुको समस्यालाई दृष्टिगत गरी निकट भविष्यमै विद्युतीय सवारीसाधनको व्यवस्था गर्ने मन्त्रालयको भनाइ छ । यसअघि मन्त्री अधिकारीकै पहलमा पाशुपत क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो ।
यसैबीच पाशुपत क्षेत्रमा मन्त्री अधिकारीले नै सवारीसाधन लगेको विषयमा चौतर्फी विरोध भएपछि मन्त्रालयले क्षमा मागेको छ । ‘कार्यक्रम स्थलमा पानी परेकाले गाडी प्रवेश भएको हो, यसप्रति हामी गम्भीर छौं,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने र उक्त क्षेत्रमा सवारी साधन नलैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’