नेप्सेमा १६ अङ्कको गिरावट, आधाले घट्यो कारोबार

मङ्गलबार बजार घटेसँगै कारोबार रकममा पनि व्यापक गिरावट आएको छ । सोमबारको तुलनामा आधा भन्दा बढीले कारोबार रकम घटेको छ । सोमबार १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा मङ्गलबार ७३ करोड ९२ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ ।

मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १५.९९ अङ्कले घटेर १३९४.८६ अङ्कमा सीमित भएको छ । नयाँ वर्ष सुरु भएदेखि बढेको बजार सोमबारदेखि भने घट्न थालेको हो । यसअघि ६ कार्यदिनमा १६० अङ्कभन्दा बढीले चढेको नेप्से पछिल्लो २ दिनमा ४३.६३ अङ्कले झरेको छ । सोमबार २७.६४ अङ्कले झरेको थियो । त्यसअघि आइतबार नेप्से एकै दिन ५० अङ्कले बढेको थियो ।

मङ्गलबार बजार घटेसँगै कारोबार रकममा पनि व्यापक गिरावट आएको छ । सोमबारको तुलनामा आधा भन्दा बढीले कारोबार रकम घटेको छ । सोमबार १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा मङ्गलबार ७३ करोड ९२ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । पछिल्ला दिनमा बजार बढेसँगै बिस्तारै कारोबार रकम पनि बढ्दै डेढ अर्वसम्म कारोबार भएकोमा मङ्गलबार एकाएक कारोबार रकममा गिरावट आएको हो । मङ्गलबार ७ हजार ८ सय २५ कारोबारबाट १७ लाख १९ हजार ८ सय कित्ता सेयर खरिदबिक्री भएको छ ।

मङ्गलबार नेप्सेमा वर्गीकृत १० उपसमूहमध्ये व्यापार समूहको मात्रै वृद्धि देखिएको छ भने अन्य ९ समूह सूचक घटेको छ । व्यापार समूह सूचक २.८७ अङ्कले बढेकोमा सबैभन्दा बढी वित्त सूचक ७६ अङ्कले घटेको छ भने सबैभन्दा कम अन्य समूह सूचक ६.८३ अङ्कले घटेको छ ।