बुद्ध जयन्ती मनाउन नौ देशका प्रतिनिधि लुम्बिनी आउँदै

राष्ट्रति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो सम्मेलनमा ब्राजिल, भारत, पाकिस्तान, चीन, इजिप्ट, बङ्गलादेश, कोरिया, श्रीलङ्का र थाइल्यान्डका राजदूतहरु सहभागी हुने छन् ।

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नौ देशका राजदूत तथा प्रतिनिधिहरु सहभागी हुने भएका छन् । राष्ट्रति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो सम्मेलनमा ब्राजिल, भारत, पाकिस्तान, चीन, इजिप्ट, बङ्गलादेश, कोरिया, श्रीलङ्का र थाइल्यान्डका राजदूतहरु सहभागी हुने छन् ।

संस्कृति, पर्यटन तथा नाकगरिक उड्डयन मन्त्री, नेपालस्थित कुटनीतिज्ञहरुबीच परराष्ट्र मन्त्रालयमा भएको छलफल कार्यक्रममा नौ देशका राजदूत र प्रतिनिधिहरु सहभागी हुने जानकारी गराइएको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बौद्ध सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुका १३ ओटा उपशीर्षकहरुमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए ।

बैशाख १७ गते पूर्णिमाका दिन बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा देशविदेशका विशिष्ट व्यक्ति, प्राज्ञ तथा स्थानीय नागरिकहरुको उपस्थितिमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।