लाङटाङको याक चिजलाई सर्टिफिकेट

दुग्ध विकास संस्थानले लाङटाङमा उत्पादित याक चिजलाई अर्गानिक सर्टिफिकेट प्रदान गरेको छ । लैनचौरस्थित मेला रेस्टुरेन्ट स्काउट भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा डीडीसीका उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारीले सर्टिफिकेट सार्वजनिक गरेका थिए ।

उच्च हिमाली भेगको खर्कका पाइने विभिन्न जडिबुटी (यार्सागुम्बा, पाँचऔंले, जटामसी, चिराइतो, निर्मसी आदि) मिश्रित विषादी र रासायनिक मलरहित स्वच्छ वातावरणमा उम्रिएको घाँस खाएर बाँच्ने चौरीको दूधबाट याक चिज बन्ने भएकाले यसलाई अग्र्यानिक सर्टिफिकेट दिइएको हो ।

यसको पौष्टिक तथा मेडिसिनल भ्यालु उच्च रहेको कार्यक्रममा जानकारी दिइयो । लाङटाङको चिजलाई सर्टिफिकेट दिलाई उच्च मूल्यमा बिक्री गराउने र बढीभन्दा बढी रकम किसानलाई उपलब्ध गराउने उद्देश्य छ ।