विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जेठ २१ गतेबाट सञ्चालनको लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गते सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जेठ २१ गतेबाट सञ्चालनको लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सय दिनभित्र विमानस्थल २१ घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यालयको प्रगति सार्वजनिक गर्दै महाप्रबन्धक क्षेत्रीले मन्त्रीसामु विमानस्थल सञ्चालनको लागि तयारी गरिरहेको जानकारी गराएका हुन् ।